विराटनगर, २१ वैशाख– एकीकृत माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा आज पनि समूहगत छलफलबाट आएका सुझाव पेश गर्ने क्रम जारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा छलफल गर्न बनाइएका २२ समुहमध्ये बाँकी १८ समूहका टोली नेताले छलफलका क्रममा उठेका सुझाव बन्दशत्रमा पेश गर्नेछन् ।
समूहगत छलफलबाट आएका सुझाव पेश भएलगत्तै नेतृत्व चयन प्रक्रिया सुरु हुने नेता पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए । भरसक सहमतिमै र नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने जानकारी उनले दिए ।
एमाओवादीमा केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकाले निर्वाचन हुने सम्भावना बढेको छ । एमाओवादी इतिहासमा निार्वचनबाट नेतृत्व चयन हुन लागेको यो पहिलोपटक हो । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले ७५ सदस्यीय केन्द्रीय समितिको सूची तयार पारेका छन् ।