पोखरा, २० वैशाख– पोखराको चरक अस्पतालमा सुत्केरी महिलाको ज्यान गएपछि तनाव भएको छ ।
चिकित्सकको लापरबाहीले सुत्केरी र नवजात शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध प्रदर्शन गरेका छन् ।
मृतकका आफन्तले दोषीमाथि कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । शल्यक्रिया गरी बच्चा निकालिएकी कास्कीकोट–४ की २२ वर्षीया विष्ण्ुा थापाको मृत्यु भएपछि आफन्त विरोधमा उत्रिएका हुन् ।
उनको शुक्रबार शल्यक्रिया गरी मृत बच्चा निकालिएको थियो । थापाको उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको अस्पतालले जनाएको छ ।