एमाओवादीको बन्दसत्र सुरु

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते १२:०५ मा प्रकाशित

dinanath sharmaकाठमाण्डु, १९ वैशाख –  विवादका कारण अवरुद्ध एमाओवादीको राष्टिय सम्मेलन सुरु भएको छ ।

बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र लेबी तथा समानान्तर समितिको विवाद चर्केपछि सुरु हुन सकेको थिएन । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले पत्रकार सम्मेलन गरेर समानान्तर समिटि र लेबीसम्बन्धी विवाद मिलेकाले बन्दसत्र सुरु भएको जानकार दिए ।

५६ वटा जिल्लाबाट लेबी प्राप्त भइसकेको छ, अन्य जिल्लाबाट पनि आउने भएको प्रवक्ता शर्माले बताए ।
उनले भने, ‘राजनीतिक प्रविदेन र विधान संशोधनको एजेन्डालाई अगाडि बढाउने विषयमा नेतृत्वतहमा छलफल गर्नुपर्ने भएकाले बन्दसत्र केही ढिलाई भएको हो।’
बन्दसत्रका लागि पोष्टबहादुर बोगटी, देवेन्द्र पौडेल र शशी श्रेष्ठसहितको ५ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । अझै १९ वटा जिल्लाबाट लेबी प्राप्त नभएपछि ती जिल्लाका प्रतिनिधीलाई पनि सम्मेलनमा पस्न नदिन कडाई गरिएको छ ।
पार्टीलाई लेबी नबुझाएको भन्दै जारी सम्मेलनमा सुनसरी जिल्ला समितिलाई प्रवेश निषेध गरिएको छ । एमाओवादी सुनसरी संयोजक रामकुमारी चौधरीले कार्यकर्ताबाट उठाएको लेबी हिनामिना गरेर पार्टी केन्द्रमा नबुझाएको आरोप कार्यकर्ताले लगाएका छन् ।
सुनसरीबाट लेबी नआएपछि सुनसरीबाट आएका सबै १८ जना प्रतिनिधिहरुलाई बन्दसत्रमा निषेध गरिएको हो । पार्टी नेतृत्व चयनको टुंगो भने आइबारमात्रै लगाइने प्रवक्ता शर्माले बताए । एमाओवादीले एकजना सदस्यबाट मासिक १ सय ८० रुपैयाँ लेबी उठाउने गरेको छ । शिक्षक र कर्मचारीबाट भने मासिक एक सय रुपैयाँमात्र उठाउने गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us