‘आमालाई पत्रकारले बीना देखे’ -प्रकाश दाहाल

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ११:०९ मा प्रकाशित

Prakash Dahalकाठमाण्डु, १९ वैशाख – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले पत्रकारले आमा सिता र श्रीमति बीना छुट्टयाउन नसकेको बताएका छन् ।

राष्ट्रिय सम्मेलन विराटनगरमा भाग लिन गएका प्रकाशले श्रीमति वीना मगरलाई लिएर भारतको सिलीगुढी गए भन्ने समाचारको खण्डन गरेका छन् ।

बिभिन्न सञ्चारमाध्ययमले सम्मेलन छाडेर श्रीमति लिएर सिलीगुढी गएको समाचार प्रकाशन गरेपछि प्रकाशले काठमाण्डु टुडेलाई भने ‘ आमालाई आर्युवेदिक औषधी किन्न गएको हुँ, तर बिना गएकी हैनन् ।’

अतिरञ्जित बनाउन समाचार लेखिएको उनले बताए । प्रकाशले भने ‘ बन्दसत्र ढिला हुने देखेपछि आमा र म त्यता गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us