काठमाण्डु, १९ वैशाख – सरकारले नेकपा एमालेका नेता केपी ओलाीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।
विशिष्ट नागरिकहरुलाई औषधि उपचारको व्यवस्था गर्ने निर्देशिकाअनुसार सरकारले खर्च व्यहोर्न लागको हो । बैंककमा उपचारत एमाले संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, सरकारले नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री गोविन्दराज जोशीलाई एअर एम्बुलेन्सको खर्च र स्वास्थ्य उपचारका लागि रु पाँच लाख सहयोग तथा नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री सिद्धराज ओझालाई औषधि उपचारका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रवक्ता मीनेन्द्र रिजालले बताए ।
बैठकले सहसचिवहरुको पदस्थापना र सरुवाका साथै रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालाई कायममुकायम सचिवको जिम्मेवारीसमेत तोकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।