आईपीएल क्रिकेट – २४ करोड ८० लाखमा बिके कुमिङ्स

काठमाण्डु टुडे २०७६ पुष ३ गते १९:४० मा प्रकाशित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियन क्रिकेटर पेट कुमिङ्स कोलकत्ता नाइट राइडर्समा आवद्ध भएका छन् ।

अस्ट्रेलियाका तिव्र गतिका बलर कुमिङ्सका लागि कोलकत्ताले २४ करोड ८० लाख नेपाली रुपैयाँ खर्च गरेको छ ।

कोलकत्ताको एक होटलमा भइरहेको अक्सनले तीन बर्षका लागि आईपीएलका लागि टिमहरुले खेलाडी छनोट गर्नेछन् ।

यस्तै, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले १० करोड ७५ लाख पाएका छन् । उनलाई किङ्स ११ पञ्जावले टिममा भित्र्याएको छ ।

यता, अस्ट्रेलियाका कप्तान आरोन फिन्चले भने ४ करोड ४० लाखमा विकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us