लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

काठमाण्डु टुडे २०७६ पुष ३ गते ११:४० मा प्रकाशित

एजेन्सी — इङ्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए ।
तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us