पहिलोपटक विज्ञान दिवस मनाइदै

काठमाण्डु टुडे २०७० असोज १ गते २:१० मा प्रकाशित

काठमाण्डु, १ असोज– ‘विज्ञान तथा प्रविधि देशको सम्वृद्धि’ भन्ने नाराका साथ मंगलबार नेपालमा पहिलोपटक राष्ट्रिय विज्ञान दिवस मनाइदैछ ।

यसअघि विक्रम संवत् २०५० सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले विज्ञान सप्ताह सुरु गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।

दिवसको अवसरमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम हुँदैछ । प्रज्ञा भवनमा मंगलबार र बुधबार वैज्ञान प्रदर्शनी समेत हुँदैछ । त्यस्तै नेपालमा वनस्पतिका बारेमा विस्तृत जानकारी दिने नेपालपीडिया पुस्तक प्रकाशन गर्न लागिएको नास्टले जनाएको छ । प्रदर्शनीमा विभिन्न प्रविधि, बायोलोजी तथा नास्टका विभिन्न क्षेत्रमा गरिएका अनुसन्धान राखिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us