काठमाण्डु,२०मंसिर–तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो ।
माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७, इब्राहिम हसनले नटआउट १२, मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र सुशन भारीले २र२ विकेट र पवन सर्राफले १ विकेट लिए ।