सागमा नेपालको पाँचौं स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर १६ गते १३:३१ मा प्रकाशित

काठमाण्डु , १६ मंसिर -१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालकी सीना मादेनले स्वर्ण जितेकी छिन् । यो सँगै नेपालले ५ वटा स्वर्ण जितेको छ ।
१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us