काठमाण्डु , १२ मंसि – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबलमा पाकिस्तान विजयी भएको छ । जितसँगै पाकिस्तान सेमिफाइनलनजिक पुगेको छ ।
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखे)को कभर्ड हलमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । तुलनात्मक रूपमा कमजोर टिम माल्दिभ्सविरूद्ध पाकिस्तानले २५-१६, २५-२३ र २५-१५ को सेटमा जित निकाल्यो ।
जितसँगै पाकिस्तानले अंक तालिकामा २ अंक जोडेको छ । अब उसले समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।