एमसीसीले नेपाललाई दियो १९० रनको चुनौती

काठमाण्डु टुडे २०७६ कार्तिक २३ गते १३:३९ मा प्रकाशित

काठमाण्डु,२३कात्तिक–नेपाल भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले टी–२० क्रिकेटमा नेपाललाई १९० रनको चुनौती दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको एमसीसीले सात विकेट गुमाउँदै १८९ रन बनायो । एमसीसीका लागि गोडलम्यानले ५४ रनको अर्धशतकीय रन जोडे । एड योङले ४२ रन बनाएका थिए भने माइल्सले २९ रन जोडे ।

नेपालका लागि रासिद खानले तीन विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनास बोहोरा र सुशन भारीले समान एक÷एक विकेट लिए ।
नेपालले यू–१९ र सिनियर खेलाडी समावेश गरी टीम बनाएको छ ।

नेपाल अहिले जवाफी ब्याटिङमा छ । एमसीसीले यसअगाडि यू–१९ सँग एक दिवसीय र सिनियर टीमसँग एक दिवसीय र तीन दिवसीय खेल खेलिसकेको छ । एमसीसी अब पोखरामा मुख्यमन्त्री एघार र पोखरा एघारसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us