
एजेन्सी– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले नयाँ फिल्म ‘दबंग–३’ का लागि फेरि एकपटक तौल घटाउनुपरेको बताएकी छन् ।
उनको फिल्म दबंग ३ डेढ महिनापछि सिनेमा हलमा आउँदै छ । यो फिल्मको प्रचारमा उनी जुटेकी छन् ।
फिल्म दबंग ३ का लागि आफूले यसपटक ७ किलो मात्र तौल घटाउनुपरेको यी अभिनेत्रीले बताएकी छन् । पहिलोपटक फिल्म दबंगमा अनुबन्धित हुनुअघि आफूले ३० केजी तौल घटाएको अनुभव यी अभिनेत्रीसँग छ ।
त्यतिबेला यी अभिनेत्री फेसन सोका लागि अडिसन म्यानेजरका रूपमा काम गर्थिन् । मोटी भएकै कारण उनले ¥याम्प मोडलिङ छाडेकी थिइन् ।
एउटा फेसन सोमा भेट हुँदा आफूलाई सलमान खानले नयाँ फिल्ममा नायिका लिन्छु तर तौल घटाएर ५० केजीको हुनुपछि भनेपछि आफूले ३० केजी तौल घटाएको यी अभिनेत्रीले बताइन् । फिल्ममा नायिका हुनका लागि पार्टी दिनुपर्छ भनेपछि उनले तौल घटाएर सलमानलाई पार्टी पनि दिएकी थिइन् ।
त्यो पार्टी फिल्ममा नायिका बन्नका लागि नभएर शरीरको तौल घटाएको खुसीमा हो भनेर आफ्नो पातलो शरीरको प्रशंसा सलमानले गरेको पनि सनोक्षीले खुलासा गरेकी छन् ।
यसपछि सोनाक्षी फिल्म दबंगमा नायिकाको रूपमा चयन
भएकी थिइन् ।