पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको डिभोर्स  !

काठमाण्डु टुडे २०७६ कार्तिक १ गते १३:२२ मा प्रकाशित

काठमाण्डु , १ कात्तिक – पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट देखिएको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुवै डिभोर्सको स्थितिमा पुगेको हल्ला चलेको छ । यद्यपि यसबारेमा यो जोडी भने बोल्न चाहेको छैन ।
सामान्य घर झगडा बढेको दुवैले स्वीकारे पनि डिभोर्स गर्ने भने चर्चा हल्ला मात्र भएको जीपी बताउँछन् । यद्यपि यी दुई छुट्टिने अवस्थामा पुगेको स्रोतको दाबी छ । सामाजिक सञ्जालमा पनि उषाले आफ्ना छोराछोरीका तस्वीर मात्र अपलोड गर्ने गर्छिन् ।

यता जीपीले पनि सामाजिक सञ्जालमा उषा खड्गीसँगका तस्वीर शेयर गरेको पाइँदैन । साथै उनले आफू यस विषयमा बोल्नै नचाहेको पनि बताएका छन् । ‘बाहिर जे हल्ला चलिरहेको छ, यो बारेमा मलाई केही नसोध्नुहोला, मलाई कुनै चासो छैन,’ जीपीको भनाइ छ ।
अर्कातिर दुई वर्षअघि निर्माण हुने भनिएको चलचित्र ‘आउँदै जाँदै’ पनि अझैसम्म बन्न सकेको छैन । तामझामका साथ फिल्म निर्माणको आधिकारिक घोषणा गरिएको यो फिल्म अब भने झनै नबन्ने हो कि भन्ने अड्कल काट्न थालिएको छ ।

अहिले उनीहरुबीच सम्पत्ति बाँडफाँडबारे जलफल भइरहेको छ। सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भए लगत्तै दुबै अलग हुने तयारीमा छन्। यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो। उषा मिस नेपाल बन्नुअघि नै दुबैजना प्रेममा थिए।

सन् २००० कि मिस नेपाल उषा खड्गी र जीपीले अन्तर्जातीय विवाह गरेका थिए । जीपी र उषाको डेढ दशक लामो वैवाहिक सम्बन्ध टुट्ने हो कि भन्नेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us