
काठमाण्डु, १२ वैशाख – सरकारले जहिले पनि घाटामा गएको नेपाल आयल निगमलाई साढे २ अर्व ऋण दिने निर्णय गरेको छ । सिहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन निगमलाई साढे २ अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले सञ्चय कोष र नागरिक लगानी कोषबाट रकम उपलब्ध गराउन लागेको हो । साथै बैठकले नेपाल पत्रकार महासंघको आगामी अधिवेशनको लागि २० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।