एल.पी .ग्यास पुरानै भाउमा बेच्नेलाई कारवाही

काठमाण्डु टुडे २०७६ असोज ७ गते ११:५२ मा प्रकाशित

काठमाण्डु , ७ असोज — नेपाल आयल निगम (एनओसी)ले एक विज्ञप्ती जारी गर्दै घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी िदएको छ ।
सोमबार निगमले बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल।पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई सचेत गराएको हो ।अन्यथा निगम कडा कारबाही गर्न बाध्य हुने उल्लेख छ । एनओसीले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल।पी ग्याँसको मूल्य समायोजन गरेको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो ।
तर, अनुगमनका क्रममा निगमले व्यवसायीहरुले पुरानै मूल्यमा ग्याँसको कारोबार गरिरहेको पाइएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us