डा. सन्दुक रुइत ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार —२०७५’ बाट सम्मानित

काठमाण्डु टुडे २०७६ असोज ५ गते १५:३० मा प्रकाशित

काठमाण्डु , ५ असोज —सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरेको छ ।

सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज डा रुइतलाई प्रदान गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच लाखको राशिसहितको सो पुरस्कार प्रदान गरिन । त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाएका तनँहुका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही रु दुई लाख ५० हजार प्रदान गिरन ।

डा. रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन । उनले तिलगङ्गा अस्पतालले शुरु गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us