उर्जा, कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा लगानी बढाउन बेल्जियम सरकारलाइ आग्रह

काठमाण्डु टुडे २०७० असोज २ गते ९:४० मा प्रकाशित

Shankarबेल्जियम ब्रसेल्स–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उर्जा, कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा लगानी बढाउन बेल्जियम सरकारसंग आग्रह गरेका छन ।
बेल्जियमको ईष्ट फ्लान्डर प्रोभिनेन्सका गभर्नर जान ब्रायर्सले गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले वैदेशिक लगानी आकर्षित गर्न सरकारले लगानी सुरक्षाको प्रबन्ध मिलाएको बताए । मन्त्री कोइरालाले नेपालमा लगानी गर्दा चीन र भारतजस्ता ठूला देशहरुमा समेत बजारको पहुँच हुने भएकाले त्यसको फाइदा उठाउन आग्रह गरे ।
नेपाल तथा बेल्जियमबीच विद्यमान सरकारी तथा निजी स्तरको सम्बन्ध प्रगाढ रुपमा विस्तार हुँदै गइरहेको उल्लेख गर्दै मन्त्री कोइरालाले बेल्जियम सरकारले नेपालको विकास प्रकृयामा पु¥याएको सहयोगको स¥हाना व्यक्त गरे । मन्त्री कोइरालाले नेपाल–बेल्जियम कुटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षको अवसरमा आयोजित मेलाको राष्ट्रिय पाहुना बनाएकोमा आभार व्यक्त गरेका थिए।
मन्त्री कोइरालाले विश्वका प्रख्यात उच्च हिमाल, बुद्घको जन्मभूमि तथा प्रसिद्घ सम्पदाहरुको धनी मुलुक नेपाल भ्रमण गर्न वेल्जियमका नागरिकलाई आव्हान गरेका थिए । प्रत्युत्तरमा गभर्नर ब्रायर्सले नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै अघिल्लो वर्ष पाँच हजार बढी बेल्जियम नागरिकले नेपाल भ्रमण गरेको बताए । ब्रायर्सले मेला अवधिभर स्थानीय टेलिभिजन च्यानलले नेपाललाई विशेष महत्व दिँदै पर्यटकीय तथा सांस्कृतिक आकर्षण झल्काउने वृत्तचित्र प्रसारण गरेको र झण्डै २० लाख दर्शकले नेपाल सम्बन्धी वृत्तचित्र हेरेको जानकारी दिए।चितवन,अन्नपूर्ण,काठमाण्डु लगायतका स्थानका वारेमा निर्माण गरिएका बृत्तचित्र स्थानीय टेलिभिजनमा प्रसारण भइरहेका छन । Governor

सो अवसरमा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली, उद्योग मन्त्रालयका जितबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी,युरोपस्थित नेपाली व्यावसायी र नेपालसंग चासो राख्ने युरोपेली नागरिकहरुको उपस्थिति थियो ।
मन्त्री कोइरालाले बेल्जियमको ईपर नगरमा प्रथम तथा द्वितीय विश्वयुद्घमा ज्यान गुमाएका ६० जना नेपालीहरुको सम्झनामा ईपरको मेनिन गेटमा रहेको स्मारकस्थलमा पुष्प गुच्छा अर्पण गरेका छन। सो अवसरका राजदूत पोखरेलले दिवंगत नेपालीको सम्झनामा स्मारक बनाउन स्थानीय नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने आश्वासन दिइसकेको जानकारी गराए । नेपाली राजदुतावासको पहलमा सो स्मारक बनाउन लागिएको हो ।  मन्त्री कोइरालाले नेपालको संस्कृति र शान्ति झल्काउने स्मारक बनाउन दूतावासले अघि बढाइरहेको कार्यमा सरकारले आवश्यक सहयोग गर्ने बचन दिए ।

मेलामा सहभागी रहेका सात सय बिशिष्ट पाहुनाहरुका लागि रात्री भोज हुदैछ। नेपाली राजदुत राममणि पोखरेलका अनुसार मन्त्री कोइराला र युरोपेली बिकास आयोगसँग भेटवार्ता हुदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us