आजको सुनचाँदीको भाउ यस्तो छ ,

काठमाण्डु टुडे २०७६ असोज ३ गते १२:०५ मा प्रकाशित

काठमाडौं, ३ असोज —नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ ।

हिजो प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us