
काठमाण्डु,३१भदौ–मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ ।
उनको ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी सिभिल अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो ।