कालो टि–सर्ट लगाएर राष्ट्रपतिविरुद्ध नाराबाजी गर्ने ३ सय जना को–को हुन् ?

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– इन्चजात्राका अवसरमा काठमाण्डुको वसन्तपुरमा आयोजित  राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रममा विरोध प्रदर्शनको तयारी गरिरहेका ३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालो राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिका नाममा कालो टि–सर्टधारी समूहले विरोध प्रदर्शनको तयारी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुका साथबाट २ सय ४८ वटा कालो टिसर्ट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपाल प्रहरी र नेपाली सेनाबाट अवकाश प्राप्त वरिष्ठ अधिकृतसमेत रहेको बताइएको छ ।

उनीहरुको परिचय खुलाइएको छैन । प्रदर्शनकारीले गणतन्त्रविरोधी र ‘राजा आऊ देश बचाऊ’ को नारा लगाउने तयारी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us