अमेरिकामा गोली हानाहान, ३ को मृत्यु

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १४:१७ मा प्रकाशित

एजेन्सी , अमेरिकाको न्यु मेक्सिको राज्यमा गोली हानाहान भएको छ ।

न्यू मेक्सिको राज्यअन्तगर्गतको अल्बुकर्क प्रहरीले गोली हानाहानको घटनामा ३ जनाको मृत्यु भएको जनाएको छ । उक्त घटनामा अन्य २ जना घाइते भएका जनाएको छ ।
प्रहरीले अल्बुकर्क नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।
घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us