
वीरगन्ज (पर्सा), ११ वैशाख – सुनचाँदी व्यवसायी सङ्घ पर्साको आन्दोलनका कारण चार गत दिनदेखि ठप्प रहेका यहाँको सुनचाँदी पसलहरूसञ्चालनमा आएका छन् ।
पर्सा प्रहरीले वैध चाँदीलाई अवैध बनाई जबर्जस्ती व्यापारीलाई फसाउने षड्यन्त्र गरेको भन्दै व्यवसायी सङ्घले चार दिनदेखि पर्साको सम्पूर्ण सुनचाँदी पसल बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।
वीरगन्ज–१२ निवासी विनोदकुमार सर्राफले आफ्नो पसलका लागि आदर्शनगरस्थित लक्ष्मी बैंक लिमिटेडबाट ४० लाख मूल्य बराबरको ६० किलो चाँदी खरिद गरी आफ्नो साला शत्रुधन साह सोनारसँग पसलमा गइरहेको बेला प्रहरीले जबर्जस्ती आफ्नो नियन्त्रणमा लिएको व्यवसायीको दाबी छ ।
ना२६प १४७१ नम्बरको मोटरसाइकलमा सवार विनोद र उनका साला शत्रुधन चाँदी लिई आन्तरिक राजस्व कार्यालयको बाटो हँुदै रानीघाटस्थित पसलमा गइरहेको अवस्थामा प्रहरीले जबर्जस्ती आफ्नो नियन्त्रणमा लिएको हो ।
विवाहको मौसम भएका कारण ग्राहकको सुविधाका लागि आफूहरूले पसल सञ्चालन गरेको भए पनि अन्य विरोधका कार्यक्रम भने जारी नै रहने अध्यक्ष निरज सर्राफले बताए ।