सुन्धारादेखि दरबारमार्गसम्म वृक्षारोपण सुरु

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १३:१३ मा प्रकाशित

काठमाण्डु , २७ भदौ – सुन्धारादेखि दरबारमार्गसम्म वृक्षारोपण सुरु गरिएको छ ।

न तथा वातावरण विभाग, काठमाण्डौ महानगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा थालिएको वृक्षारोपणको बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका छन् । प्रमुख शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढ्ने बताउँदै सार्वजनिक जग्गामा हरियाली उद्यान निर्माण गर्नेलगायत काममा महानगर निरन्तर लाग्ने बताए। उनले यस्तो अभियान महानगरका ३२ वटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायत स्थानमा पनि वृक्षारोपण गर्ने कार्यक्रम अघि बढाइएको बताए ।

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र महानगरपालिकाका बीचमा शहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाण्डौ वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले आफूहरू शहर सफा राख्ने अभियानमा निरन्तर लागि परेको बताए। त्यस अवसरमा सडकको दुवैतर्फ विभिन्न प्रजातिका १६५ बिरुवा रोपिएका थिए ।( ‍‍रासस)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us