चीनले आफ्ना युवालाई भन्यो– नेपाली युवतीसँग बिहे गर्दा होसियार हुनू

काठमाण्डु टुडे २०७६ भदौ २७ गते ८:१२ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।

विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो । पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।

काठमाण्डुस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी च्याट’ मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनियाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङ्स्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

चिनियाँहरुले अरुको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डट’ का आधारमा बिदाको समयमा नेपालमा गएर विवाह गर्नुअघि नेपालको बिबाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us