नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पटवाललाई मातृशोक

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १३:०९ मा प्रकाशित

काठमाण्डु , २६ भदौ —नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ ।

बुधबार प्रशिक्षक पटवालकी आमाको निधन भएको हो । आमाको निधन भएपछि प्रशिक्षक पटवाल बुधबार राति नै भारत गएका छन् । नेपाली टिममा मिडिया म्यानेजर सुरज शाक्यका अनुसार प्रशिक्षक पटवाल आमाको काम सकेर केहि दिनमा स्वदेश फर्कने छन् ।

प्रशिक्षक पटवाल नेपाली टिमको प्रशिक्षणमा व्यस्त रहेका थिए । नेपालले आफ्नै भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारी गरिरहेको छ । नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us