ओलीले गरे टिचिङ अस्पतालमा मुटको जाँच

काठमाण्डु टुडे २०७६ भदौ २५ गते ११:०७ मा प्रकाशित


काठमाण्डु,२५भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् ।
ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री सामान्य फलोअपका लागि अस्पताल पुगेको वालुवाटार स्रोतले बतायो ।
उनी जाँचपछि बालुवाटार फर्किसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us