गर्मीले १ हजार ५ सयको मृत्यु

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १२:१० मा प्रकाशित

एजेन्सी ,उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइनतर समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको बुएजाले बताइन्।गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।

जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो।स्वास्थ्य मन्त्रालयका अनुसार ५६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो।थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ। १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ।गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो। गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो।
सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो।प्यारिसका अधिकारीहरूले आपत्‌कालीन टेलिफोन सेवाको व्यवस्था गर्नुका साथै नगरपालिकाको भवनमा चिसिनका लागि रूकुल रुमु को समेत व्यवस्था गरेको थियो।

गर्मीका कारण छिमेकी राष्ट्र स्पेनको बनमा समेत आगो लागेको छ।ब्रिटेन, बेल्जियम, जर्मन, लक्जम्बर्ग र नेदरल्याणड लगायतका मुलुकले पनि हालसम्मकै सर्वाधिक गर्मी समय रेकर्ड गरेको बताइएको छ।फ्रान्सबाहेक अन्य मुलुकले भने गर्मीका कारण भएको मृत्युको तथ्याङ्क सार्वजनिक गरेका छैनन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us