
एजेन्सी ,संयुक्त राज्य अमेरिकामा एक दम्पतीको ब्याङ्क खातामा झुक्किएर जम्मा भएको एक लाख डलर खर्च गरेपछि उनीहरू समस्यामा परेका छन्।
रोबर्ट र टिफनी विलीअम्जको खातामा त्रुटिवश एक लाख २० हजार डलर जम्मा भएको र उनीहरूले अधिकांश रकम खर्च गरेको प्रहरीले बताएको छ।खातामा ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र अन्य सामग्री किनेका थिए।प्रहरीका अनुसार उनीहरूले सो रकम आफ्नो नभएको थाहा भएको स्वीकारेका छन्।
उनीहरूलाई चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ। अहिले उनीहरू धरौटीमा छुटेका छन्।
सोमवार उनीहरूलाई एउटा स्थानीय अदालतमा उपस्थित गराइएको थियो।उनीहरूले सञ्चारमाध्यमसँग बोलेका छैनन्। उनीहरूले कानुनी सहयोग पाए वा नपाएको स्पष्ट छैन।