नेकपा नेता जोशीको गाडीमा आगजनी

काठमाण्डु टुडे २०७६ भदौ २४ गते ११:२२ मा प्रकाशित

कैलाली , २४ भदौ— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कैलालीका नेता गौरी प्रसाद जोशीको गाडीमा आगजनी भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका नेता जोशीको आफ्नै घरमा पार्किङमा राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति आगजनी भएको हो । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन ।

घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । जोशी तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us