नेप्सेमा केहि वृद्धि, कारोबार जम्मा पौने ३७ करोड

काठमाण्डु टुडे २०७६ साउन २२ गते १५:१७ मा प्रकाशित

काठमाण्डु,२२साउन–बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से मा २ दशमलव ७५ अंकले बढेर १ हजार २ सय ४८ दशमलव ४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ८६ अंकले बढेर २ सय ६९ दशलमव ९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ७२ कम्पनीको ११ लाख ३८ हजार ६३९ कित्ता शेयर खरिदबिक्री भई ३६ करोड ८६ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । जसको कारोबार आज २ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वा्धिक कमाउनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै सर्वा्धिक गुमाउनेमा साञ्जेल जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९६ प्रतिशतले घटेको छ ।
यस दिन १२ वटा उपपरिसुचकहरुमा विकास बैंक, हाइड्रोपावर र म्युचल फण्ड घटेको छ भने बाँकी सबै समूहहरु बढेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us