काठमाण्डु,२१ साउन—मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से मा ९ दशमलव ३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलव ७३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९१ अंकले घटेर २ सय ६९ दशलमव १० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । जसको कारोबार आज ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको भएको छ । आज मात्र कृषि विकासले चौथो त्रैमासिक विवरण प्रकाशित गरेको थियो । जसले ४ अर्बमथि कमाएको थियो ।
यस दिन सर्बाधिक कमाउनेमा जोशि हाइड्राेपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा २ दशमलव ७४ प्रतिशतले बढेको छ । साथै सर्बाधिक
गुमाउनेमा सपोट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।
यस दिन १२ वटा उपपरिसुचकहरुमा सबै समूहहरु घटेका छन् ।