सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता दिने : खानेपानी मन्त्री मगर

काठमाण्डु टुडे २०७६ साउन २० गते १३:२३ मा प्रकाशित

काठमाण्डु,२० साउन— खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएकी छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समिक्षा बैठकको समापन गर्दै मन्त्री मगरले सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी हुन् । उनले कतिपय आयोजनाहरु पैसाका कारण रोकिएकाले जनता लाभान्वित हुन नसकेको बताइन् ।
हामीले कति भौतिक या वित्तीय प्रगति गयौ भन्दा पनि जनताले खानेपानीको सेवा कति पाए त्यो महत्त्वपूर्ण कुरा हो । खानेपानीमा जनताको पहुँच सुनिश्चित गर्नु हाम्रो मुख्य उपलब्धि हो ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन् ।पहिला सडकको आवश्यकता धेरै खोजिन्थ्यो तर अब खानेपानीको आवश्यकता सबैलाई परेको छ । त्यसैले राष्ट्रव्यापी रूपमा खानेपानी मन्त्रालयको महत्त्व बढिरहेको छ ।

मन्त्री मगरले आगामी आर्थिक वर्षदेखि देशै भरीको खानेपानी र सरसफाइको विस्तृत गुरुयोजना तयार पार्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन्। मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले गत वर्ष संक्रमणको अवस्था भएकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा उल्लेख्य प्रगति हासिल गर्न योजना प्रमुखहरुलाई निर्देशन दिएको बताए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तेजराज भट्टले ग्रामीण र नगरस्तरीय खानेपानीका आयोजनाहरुमा लगानी गर्न विश्व बैंकलाई प्रस्ताव गरिएको जानकारी दिए । उनले शत प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी सेवा पुयाउन चुनौती रहेकाले खानेपानीको क्षेत्रमा विश्व बैंक र एडीबी जस्ता दातृ निकायहरुलाई लगानी गर्न आग्रह गरिएको प्रष्ट पारिन् ।

विभागले गत आर्थिक वर्षमा १ सय ६ वटा आयोजना सम्पन्न गरेको र ३ लाख ६२ हजार जनसंख्या लाभान्वित भएको उप महानिर्देशक रमाकान्त दवाडीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us