सुनको मूल्यले नयाँ रेकर्ड बनायो ,आज तोलाकै ६७ हजार आठ सय

काठमाण्डु टुडे २०७६ साउन २० गते १२:४९ मा प्रकाशित

काठमाण्डु,२०साउन—नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनाएको छ ।

file photo

नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार ८ सय र तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । यो भनेको सुन खरिद बिक्रीको इतिहासमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार,अमेरिका र इरानबीचको बढ्दो तनाव तथा अमेरिका र चीन व्यापार युद्धका कारण सुनको मूल्य प्रभावित भएको हो ।
विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भइरहन सक्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us