गोरखबहादुर सिंह स्मृति ग्रन्थ विमोचन

काठमाण्डु टुडे २०७६ साउन १५ गते १८:१७ मा प्रकाशित

काठमाण्डु– राजनीतिज्ञ एवं साहित्यकारहरुले स्वर्गीय साहित्यकार गोरखबहादुर सिंहको व्यक्तित्व र साहित्यिक जीवनको चर्चा गरेका छन् ।

‘साहित्यकार गोरखबहादुर सिंह स्मृति ग्रन्थ’ को विमोचन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपा नेता बामदेव गौतम, नेकपा मसालका महामन्त्री मोनहविक्रम सिंह, पूर्वगृहमन्त्री जनार्दन शर्मा, नेकपाका नेता मणि थापा, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार गोविन्द पौडेललगायतले साहित्यकार सिंहले निजामति सेवा र साहित्यिक क्षेत्रमा पुर्राएको योगदानको चर्चा गरेका थिए । सिंहका ११ कथासहित १७ साहित्यिक कृति प्रकाशित छन् ।

जीवनी, व्यक्तित्व र कृतित्वबारे शोध पनि भएका छन् । ग्रन्थ गोरखबहादुर सिंह स्मृति ग्रन्थ प्रकाशन समितिका तर्फबाट पुस्तकको प्राध्यापक केशव सुवेदी,रमेश सुवेदी र डा लेखराज खतिवडाले गरेका छन् । पुस्तकको प्रकाशमा असीम सिंह, रमा सिंह, किरण खड्का र दीप्ति सिंह छन् । पुस्तकमा परिचय,संस्मरण, समालोचना र पत्रपत्रिका गरी चार खण्ड छन् । पत्नी शारदा सिंह, छोरा अमित सिंह र बुहारी सुरीति अर्याल सिंहलगायत परिवारका सदस्य र साहित्यकार गोरखबहादुर सिंहलाई नजिकबाट बुझ्नेहरुका संस्मरण छन् । पुस्तकमा गोरखबहादुर सिंहका साहित्यिक कृतिमाथि समालोचना पनि समेटिएको छ । सिंहको २०६९ साउन २३ मा असामयिक निधन भएको थियो । उनले निजामति सेवामा रहेर लामो समय काम गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us