१३ लाख नगद चोरेर फरार: सुरज पक्राउ

काठमाण्डु टुडे २०७६ साउन १३ गते १२:४८ मा प्रकाशित

काठमाण्ड,१३ साउन — विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका- २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । कामतले १३ लाख ५० हजार नगद चोरी फरार भएका थिए ।

पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत प्रहरीले बरामद गरको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us