
काठमाण्डु,१३साउन — सतासाझेदार दल समाजवादी पार्टी नेपालको आइतबार बसेको बैठकले तत्काल सरकार नछोड्ने तर सरकारलाई आफ्ना माग सम्बोधन गर्न दबाब दिइरहने बैठकका एक नेताले बताए । सरकारमै बस्ने कि अलगिने भन्ने विषयमा सो पार्टीभित्र चर्को विवाद रहँदै आएको थियो ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका अध्यक्ष उपेन्द्र यादवले बैठकमा सम्बोधन गर्दै अहिले नै सरकार नछोड्ने तर सार्वजनिक कार्यक्रममा सरकारको विरोध गर्न पनि पछि नहट्ने यादवले सरकारलाई रणनीतिक रूपमा पार्टीले सदुपयोग गर्नुपर्ने बैठकमा बताए ।
बैठकले पार्टीको केन्द्रीय विभाग, समिति तथा जनसंगठनहरूको प्रमुख एवं इन्चार्जहरूको टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभागीय नेतृत्वको टुंगो लगाएको हो ।तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीका बीचमा एकीकरण भई बनेको समाजवादी पार्टी अहिले सांगठनिक एकता टुंगो लगाउने कार्य गरिरहेको छ । समाजवादी पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विभागीय प्रमुखको टुंगो लागेको बताए ।
उपमहासचिव अधिकारीका अनुसार अनुशासन समितिको प्रमुखमा महेन्द्र श्रेष्ठ, लेखा समितिको प्रमुखमा अमरेशनारायण झा, निर्वाचन समितिको प्रमुखमा डा। शिवजी यादव, पार्टी स्कुल तथा प्रशिक्षण विभाग इन्चार्जमा हेमराज राई, सहइन्चार्जमा डमरु बल्लब खतिवडा रहेका छन् ।
राज्य व्यवस्था विभाग प्रमुखमा डा। उमाशंकरप्रसाद साह, संघीय मामिला तथा समावेशी विभाग प्रमुखमा डा। गणेश योञ्जन, स्थानीय तह परिचालन विभाग प्रमुखमा हरिनारायण थारु, प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुखमा दुर्गामणि देवान, कृषि तथा भूमि व्यवस्था विभाग प्रमुखमा मदन राई रहेका छन् ।
यसैगरी, शिक्षा तथा विज्ञान प्रविधि विभाग प्रमुखमा डा। राजेन्द्र केसी, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा। महेशमान श्रेष्ठ, श्रम तथा रोजगार विभाग प्रमुखमा प्रेमनारायण थापा, सुरक्षा विभाग प्रमुखमा नारायणराज पाण्डे, मानवअधिकार तथा सामाजिक सेवा विभाग प्रमुखमा सुशिला श्रेष्ठ रहेका छन् ।
किसान इन्चार्जमा टिकाराम पौडेल, युवा इन्चार्जमा देवीप्रसाद सुवेदी, महिला इन्चार्जमा दुर्गा सोव, बौद्धिक पेसाकर्मी इन्चार्जमा नहेन्द्र प्रधान र सहइन्चार्जमा पूर्णबहादुर बस्नेत, शिल्पी महासंघ इन्चार्जमा डीबी नेपाली, खेलकुद महासंघ इन्चार्जमा वीरेन्द्र प्रधान, सुकुम्बासी इन्चार्जमा दीप मियाङवो, यौनिक तथा अल्पसंख्यक इन्चार्जमा पिंकी गुरुङ र मुस्लिम संघ इन्चार्जमा ईस्लाम हवारी रहेका छन् ।
यसैगरी, बैठकले पार्टीको केन्द्र्रीय कार्यकारिणी समितिको सचिवमा भक्तबहादुर शाह ९जाजरकोट०लाई मनोनित गरिएको छ । बैठकले गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ को सांगठनिक समायोजन सम्पन्न भइसकेकाले अनुमोदन गरेको छ ।साथै, बैठकले समायोजन गर्न बाँकी रहेका प्रदेश १ र प्रदेश ३ तथा विभिन्न जनसंगठनहरूको समायोजन समयमै सकिन कार्यदललाई निर्देशन दिएको छ ।