भारतले भन्यो- नेपाल हाम्रो प्राथमिकतामा छ

काठमाण्डु टुडे २०७६ साउन ११ गते ६:४६ मा प्रकाशित

काठमाण्डु, ११ साउन- भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यबीच भारतीय विदेश मन्त्रालयमा शुक्रबार बिहान करिब एक घण्टा भेटवार्ता भएको छ ।

भेटमा भएको ढिलाइलाई लिएर शंका, उपशंका भइरहेका बेला जयशंकरले मन्त्री पद सम्हालेको करिब दुई महिनापछि यो भेट भएको हो । भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धको समीक्षा र समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भेटमा जयशंकरले नरेन्द्र मोदी नेतृत्वको सरकारले छिमेक पहिलो नीति अंगीकार गरेको हुँदा त्यहीअनुसार भारतको विदेश नीतिमा नेपाल पनि पहिलो प्राथमिकतामा रहेको बताएका थिए ।

भारतले नेपाललगायत दक्षिण एसिउयाली मुलुकसँगको सम्बन्धलाई पारस्परिकताका दृष्टिबाट नहेरेको उनको भनाइ थियो । दिल्लीस्थित भारतीय दूतावासले जयशंकर विदेशमन्त्री बनेको ७ दिनभित्रै राजदूत आचार्यको भेटका लागि औपचारिक पत्र पठाएको थियो ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us