
धनगढी, ३ साउन कैलालीको धनगढीमा बिहीबार बम विस्फोटमा परी घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बझाङको जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटमा सिंहरसहित पाँच घाइते भएका थिए । बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटल अगाडि बम विष्फोट भएको थियो । विस्फोटको जिम्मा कसैले नलिए पनि प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको घटनामा संलग्नता रहेको आशंका गरेको छ ।