
बैतडी ,१ साउन- दार्चुलाको शैल्यशिखरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका ८ तल्चोरा निवासी केशबदत्त भट्टकी ३९बर्षीया श्रीमती लक्ष्मी जोसी रहेकी छिन् । बिहानै घरबाट घाँस काट्न निस्केकी जोसी दिउँसोसम्म घर नफर्केपछि घरपरिवारले खोजी गर्दा दिउँसो २ बजे शब भेटिएको हो ।
जोसीको घरनजिकैको ढोडेस्वर भिरबाट खसेर मृत्यु भएको स्थानिय गंगासागर जोसीले बताए । मृतक जोसीका श्रीमान तथा २ छोरा, दुई छोरी रहेका छन् । उक्त ढोडेस्वर भिरमा घाँस काट्न गएका महिलाहरुले बर्षेनी ज्यान गुमाउने गरेको उनले बताए ।