
काठमाण्डु, ३१ असार- नेपालले भारत बिजुली पठाउन सुरु गरेको छ ।
सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’ को अभ्यास सुरु गरेको .हो । लगातारको वर्षाले बाढी पहिरो र डुवानका कारण विद्युत् माग ह्वात्तै घटेकाले विजुली भारत पठाइएको हो । रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको हो । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले गएको असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाएको जानकारी दिए । ।’ यस्तै असार ३० गते राति २०० मेगावाट विद्युत् भारत पठाइएको छ ।
मन्त्री पुनले नेपाल भारतबीच विद्युत् व्यापार सम्झौता र इनर्जी बैंकिङ अवधारणानुसार नेपालमा बढी भएको विजुली भारत पठाइएको उल्लेख गरे । ‘उत्पादित विद्युत् खेर नजाओस् र दुई देशबीच आगामी दिनमा समेत विद्युत् व्यापार गर्ने मार्ग प्रशस्त होस् भन्ने लक्ष्यका साथ हामीले अभ्यास गर्यौं’ मन्त्री पुनले भने, ‘यसले आगामी दिनमा थप विद्युत् व्यापारका लागि समेत मार्ग प्रशस्त गर्न सहयोग पुग्छ ।’