माईतीघरमा प्रर्दशन: मन्त्री पण्डितको राजीनामा माग

काठमाण्डु टुडे २०७६ असार ३१ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, ३१ असार- लोक सेवा आयोगले खुलाएको विज्ञापन समानुपातिक,समावेशी सिद्धान्त विपरीत भएको भन्दै मंगलबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनकारीले  मन्त्री पण्डितको राजीनामा माग गरेको  छन् ।

“आरक्षण बचाऔं “नाम दिइएको याे आन्दोलनमा महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायको सहभागी रहेको थियो । आन्दोलनकारीले संविधान विपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई दबाब दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us