एक जिबीको मेमोरीलाई ६४ जिबी बनाएर बेच्ने पसलमा प्रहरीको छापा

काठमाण्डु टुडे २०७६ असार ३१ गते १७:२५ मा प्रकाशित

ललितपुर,३१ असार -चीनबाट कर छली गरेर ल्याएको ५ करोड भन्दा बढी रकमको ममोरी काड्,पेन डा«इभर मोवाइल क्यामेरामा प्रयोग हुने सामानहरु ललितपुर प्रहरीले बरामद गरेको छ ।

ललितपुरको सानेपामा रहेको जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मारेर ललितपुर प्रहरीले ती सामान सहित पसल संचालकका र ८ जना कामदारलाई नियन्त्रणमा लिएको छ ।एसएसपी रविन्द्र धानुकका अनुसार पसलका संचालक गोबिन्द बंशल र मोहन बंशलले चाइनावाट एक र दुई जिबीका मेमोरी कार्ड ल्याएर ३२ र ६४ जिवीको छाप लगाएर बजारमा बिक्री गरिरहेको छापा मार्ने क्रममा फेला परेको छ ।

संचालकद्धय भागेपनि प्रहरीले मोहन र गोबिन्दकी श्रीमतीसहित ८ जना कामदारलाई भने पक्राउ गरी राजश्व अनुसन्धान बिभागको टोलीलाई जिम्मा लगाएको छ ।पसल संचालक दुवै भारतीय नागरिक रहेको र उनीहरुको अर्को पसल काठमाडौंमा समेत भएको पाइएपछि प्रहरी टोली काठमाडौंको पसलमा समेत छापाका लागि गइसकेको धानुकले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us