ट्रम्पले भने-समाजवादी र कम्युनिष्टले अमेरिका छाडे हुन्छ

काठमाण्डु टुडे २०७६ असार ३१ गते १४:४७ मा प्रकाशित


काठमाण्डु, ३१ असार- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिक कहिले पनि समाजवादी वा कम्युनिष्ट हुन नसक्ने बताएका छन । उनले निकै लामो टिवट गर्दै अमेरिका आफनै बाटोमा हिंडने बताएका छन । राष्ट्रपति ट्रम्पले अमेरिकासंग खुशी नहुनेहरुले देश छाडे हुन्छ भनेर कडा चेतावनी दिएका छन । निकै आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले जसले अमेरिकाको विरोध गर्छ त्यो ब्यक्ति इजरायलको विरोधी,अलकायदको पक्षधर भएको आरोप लगाएका छन । राष्ट्रपति ट्रम्पले मेक्सिकोसंग खुला सिमाना चाहिन्छ भन्नेलाइ पनि उनले कडा शब्द प्रहार गरेका छन । उनले जसले खुला सिमाना चाहिन्छ भनेको छ त्यसले मानवतस्करी,लागुपदार्थको ओसारपसार र अपराध चाहेको बताएका छन । उनले आफनो शासनकालमा भन्दा अघि अमेरिका यति बलियो इतिहासमा कहिल्यै नभएको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us