विश्वमा भोकमरीको संख्या ८२ करोड

काठमाण्डु टुडे २०७६ असार ३१ गते १४:०५ मा प्रकाशित

एजेन्सी- एसिया विश्वकै धेरै भोकमरी भएको महादेश हो । जहाँ ५१ करोड ३९ लाख मानिस भोकमरीको चपेटामा परेका छन् ।

हालेै संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सार्वजनिक गरेको एक नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वल्र्ड २०१९’ अनुसार भोकै बस्नुपर्ने बाध्यता भएका मानिसहरुको संख्या विश्वभर ८२ करोड पुगेको प्रतिवेदनले देखाएको छ । न्यूर्योकस्थित राष्ट्र संघको केन्द्रीय कार्यालयमा जारी उच्चस्तरीय राजनीतिक बैठकमा यो प्रतिवेदन सार्वजनिक गरिएको हो । पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको पाइएको छ ।सन् २०११ मा भोकै बस्नेको संख्या ८१ करोड थियो भने सन् १०१८ मा ८२ करोड पुगेको छ ।

संयुक्त राष्ट्र संघको सन् २०३० को दिगो विकासको लक्ष्यभनेको विश्वलाई ‘शुन्य भोकमरी’ गराउने रहेको थियो । जसलाई बढ्दै गएको भोकमरीको संख्याले थप चुनैती दिएको छ । प्रतिवेदनले विश्वका १७ दशमलव २ प्रतिशत मानिसले नियमित रुपमा पोषण र पर्याप्त भोजन पाउन नसकेको देखाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us