कुलेखानी चल्यो पूर्ण क्षमतामा

काठमाण्डु टुडे २०७६ असार ३० गते १३:११ मा प्रकाशित

 

अपडेट , इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी पहिलो(६० मेगावाट )र दोस्रो (३२ मेगावाट)पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

अघिल्ला वर्षमा असोजमा मात्र भरीने कुलेखानी यो वर्ष असारमै भरिएपछि आयोजनाई पुर्ण क्षमतामा चलाइएको निर्देशक घिसिड.ले बताए ।विधुतको अधिक माग हुने समय हिउँदमा मात्रै चलाउने आयोजना यस वर्ष पानी अधिक भएपछि असारमै पूर्ण क्षमतामा चलाउनु परेको  र जसले गर्दा भारत तर्फको विधुत् आयातमा घटाइएको छ ।

प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको गेट खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह समेत गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ ।

‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भने ।यसो हुँदा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने अवस्था आए बाँधका गेटहरु खोलेर पानी बाहिर निकाल्नुपर्ने वाध्यात्मक अवस्था आउने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us