ट्रकको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २७ गते १३:३० मा प्रकाशित

अछाम , २७ असार- अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलबार नगरपालिका-५ कुईकामा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो ।
मध्येपहाडी लोक मार्गको गैरिटाँड-बिनायक सडक खण्ड अन्तरगत अछामको कमलबार नगरपालिका-५ कीर्तिपुरमा स्थानीय भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।
अछामबाट नेपालगञ्जका लागि हिडेको ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको प्रहरीको भनाई छ । चालक बर्दियाको मधुबन नगरपालिका-४ का ४२ वर्षय तिलक शर्मा र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us