माधव नेपालले भेटे उच्च श्रीलंकाली नेता

काठमाण्डु टुडे २०७६ असार २७ गते १३:०३ मा प्रकाशित

तस्बीरः नेता नेपालको निजी सचिवालय

काठमाण्डु, २७ असार– नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रीलंकाली नेताहरुसँग कोलम्बोमा भेटवार्ता गरेका छन् ।

श्रीलंका भ्रमणमा रहेका नेता नेपालले त्यहाँका प्रधानमन्त्रीसहित शीर्ष नेतृत्वसँग भेटघाट गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार नेता नेतालले प्रधानमन्त्री सिंगेसहित सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्कन कम्युनिष्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट गरेका छन् ।

ती सबै भेटमा दुई देबीचको मित्रतापूर्ण सम्बन्धबारे चर्चा हुनुका साथै बुद्ध जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलङ्काबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो । लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवका बारेमा चर्चा गरेका थिए ।
श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन नेपाल कोलम्बो पुगेका हुन् । गत २३ असारमा कोलम्बो प्रस्थान गरेका नेपाल २९ असारमा स्वदेश फर्कने कार्यक्रम रहेको रिजालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us