यति एयरका कुशल पाइलटः जसले जोगाए ६६ यात्रुको जीवन

काठमाण्डु टुडे २०७६ असार २७ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, २७ असार– शुक्रबार अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको इति एयरलाइन्सको जहाजमा ६६ यात्रु सवार थिए ।
जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर कोल्टिएको थियो । त्यस क्रममा दुई यात्रु सामान्य घाइते भए पनि बाँकी सकुशल छन् । नेपालगञ्जबाट यात्रु लिएर काठमाण्डु आएको यतिको एटी–आर ७२ कलसाइन भएको जहाज शुक्रबार अवतरणका क्रममा रन–वेमा चिप्लिएको थियो । पाइटलको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको यति एयरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us