
काठमाण्डु, २७ असार– यति एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
नेपालगञ्जबाट माठमाण्डुका लागि उडेको जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावन मार्गमा चिप्लिएको थियो । यतिको एटी–आर ७२ कलसाइन भएको जहाज शुक्रबार अवतरणका क्रममा रन–वेमा चिप्लिएको हो । यद्यपि पाइलटको चलाखीले मानवीय क्षति भने भए । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले सबै यात्रु सकुसल रहेको जानकारी दिए । तिवारीका अनुसार धावनामार्गमा जहाज पल्टिएका कारण आनतरिक तथा बाह्य सबै उडान र अवतरण प्रभावित भएको छ । जहाज हटाएर उडान सुचारु